राखेप सदस्यसचिवका लागि दरखास्त आह्वान, कसले दिन पाउँछन् आवेदन ? — OSNepal

राखेप सदस्यसचिवका लागि दरखास्त आह्वान, कसले दिन पाउँछन् आवेदन ?

LC (KTM) November 20, 2021 0

काठमाडौं, ४ मंसिर – युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिवका लागि दरखास्त आह्वान गरेको छ । मन्त्रालयले शनिबार सार्वजनिक सूचना जारी गर्दै एक साताकाे समय दिएर याेग्य व्यक्तिलाई सदस्यसचिव पदका लागि आवेदन माग गरेको हो ।

कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठन भएपछि ३१ असोज मन्त्रिपरिषद् बैठकले तत्कालीन सदस्यसचिव रमेश सिलवाललाई बरखास्त गरेकाे थियाे । त्यसयता राखेप सदस्यसचिव विहीन छ ।

अघिल्लो वर्ष जारी भएको ऐनमा व्यवस्था भएअनुसार राखेप सदस्यसचिव खुला प्रतिस्पर्धाबाट चयन हुनुपर्छ । यसका लागि स्नातक पास गरेकाे, खेलकुदमा कम्तिमा दशक अनुभव लगायतका मापदण्ड छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर