राजकुमारी डायना–चार्ल्सले गरेको सम्बन्धविच्छेदको घोषणा जसको भएको थियो विश्भर चर्चा — OSNepal

राजकुमारी डायना–चार्ल्सले गरेको सम्बन्धविच्छेदको घोषणा जसको भएको थियो विश्भर चर्चा

LC (KTM) December 09, 2021 0

आज ९ डिसेम्बर । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही महत्वपूर्ण घटनाः

विफर उन्मुलन
सन् १९७९ मा विश्व स्वास्थ्य संगठनले विफर उन्मुलन भएको घोषणा गरेको थियो । इतिहासमा अहिलेसम्म दुई ओटा संक्रमित रोग मात्रै पूर्ण रुपमा उन्मुलन भएका छन् । सन् २०११ मा रिन्डरपेस्ट उन्मुलन भएको घोषणा गरिएको थियो । रिन्डरपेस्ट गाइबस्तुमा लाग्ने एक प्रकारको संक्रमक रोग हो ।

तांगानिका स्वतन्त्र

सन् १९६१ मा तांगानिका स्वतन्त्र भएका थियो । गणतन्त्र तांगानिका सन् १९१६ देखि १९६१ सम्म ब्रिटीशको शासनमा थियो । पूर्वीअफ्रिकाको महत्वपूर्ण क्षेत्र तागानियालाई सन् १९२२ मा लिग अफ नेसनले आधिकारिक रुपमा बेलायतलाई सुम्पिएको थियो । सन् १९६४ मा पिुपुल्स रिपब्लिक अफ जान्जिवर र पेम्वा मिसिएर तांगनिया बनेको थियो । त्यसपछि सन् १९६५ मा युनाइटेड रिपब्लिक अफ तांगनिया भएको थियो ।

फ्रान्सको तल्लो सदनमा बिस्फोट

सन् १८९३ मा फ्रान्सेली अराजकतावादी अगस्टी भ्यालियन्टले फ्रान्सको तल्लो सदन च्याम्वर अफ डिपुटिजमा बम बिस्फोट गराएका थिए । सो आक्रमणमा कोही घाइते नभए पनि उनलाइ मृत्युदण्डको सजाँय सुनाइएको थियो ।

राजकुमारी डायना–चार्ल्सले गरे सम्बन्धविच्छेदको घोषणा जसको भयो विश्भर चर्चा

इतिहासको सबैभन्दा चर्चित शाही जोडीमध्ये एक बेलायतको शाही परिवारका राजकुमार चार्ल्स र राजकुमारी डायनाको सम्बन्धविच्छेदको घोषणा आजकै दिन सन् १९९२ मा भएको थियो । यो शाही जोडी अलग्गिने घोषणा तत्कालीन बेलायती प्रधानमन्त्री जोन मेजरले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर