राजमार्ग फराकिलो भएपछि यात्रा सहज — OSNepal

राजमार्ग फराकिलो भएपछि यात्रा सहज

LC (KTM) October 17, 2021 0

बैतडी, ३१ असोज-बैतडीको प्रमुख सडक दशरथचन्द राजमार्गका घुम्तीहर फराकिलो भएसँगै यात्रा सहज भएको छ । अनारखोली देखी झुलाघाटसम्म ८९ किलोमिटर राजमार्ग गत वर्षदेखि फराकिलो बनाउने योजना लागू भएदेखि सवारी साधन चलाउन सजिलो भएको छ ।

विगतमा चार मिटरभन्दा कम चौडाई रहेका राजमार्गका घुम्तीहरू अहिले १० मिटर बनाइएपछि सजिलो भएको सवारी चालक जयसिंह भण्डारीले बताए । विगतमा ठूला गाडीहरूका लागि ठिक्क रहेका घुम्तीहरू अहिले फराकिलो बनाएपछि गाडीहरू सहजै अटाउने भएको उनले बताए ।

घुम्तीहरू फराकिलो बनाउनका लागि यसवर्ष पनि सडक डिभिजन कार्यालय पाटनमा संघीय सरकारबाट ५ करोड रकम प्राप्त भएको छ । राजमार्गका घुम्तीहरूको चौडाइ बढेसँगै यात्रुहरूको डर घटेको जिल्ला समन्वय समिति प्रमुख सिद्धराज भट्टले बताए ।

सडक नै विकासको मुख्य पूर्वाधार भएकाले सडक निर्माणमा सरकारको ध्यान जानु राम्रो पक्ष भएको उनले बताए । राजमार्गका साथै ग्रामिण सडकहरू समेत स्तरोन्नतीमा सरकारको ध्यान जानुपर्ने भट्टले बताए ।

सडक फराकिलो भएसँगै दुर्घटना न्यूनीकरण हुने अपेक्षा रहेको यातायात व्यवसायीले बताएका छन् । राजमार्गका घुम्तीहरू फराकिलो बनाइएपनि धेरैजसो ठाउँमा कालोपत्रे गर्ने कार्य बाँकी छ । कालोपत्रे गर्ने कार्य निरन्तर जारी रहने सडक डिभिजन कार्यालय ले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर