राजीनामा दिँदै शाक्यले भनिन् - सत्तापक्ष र प्रतिपक्षको परम्परागत भावना त्यागौं — OSNepal

राजीनामा दिँदै शाक्यले भनिन् – सत्तापक्ष र प्रतिपक्षको परम्परागत भावना त्यागौं

LC (KTM) October 27, 2021 0

काठमाडौं १० कात्तिक । राजीनामा दिनै लाग्दा वाग्मती प्रदेशकी अष्टलक्षमी शाक्यले सबै मिलेर प्रदेश बनाऔं भनेकि छन् ।

आज प्रदेश  सभामा  विश्वासको मतदान  लिने लाग्ने क्रममा राजीनामा घोषणा गरेकी  उनले   प्रदेशको विकासका लागि सबै राजनीतिक दल मिलेर अघि बढ्न आवश्यक   भएको बताएकी छन्  । 

बुधबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै शाक्यले संविधानको धारा १६९ को उपधारा १ (क)अनुसार अर्को सरकार गठनका लागि मार्ग प्रशस्त गरेको जानकारी दिएकी हुन् ।

‘हामी संस्कारयुक्त बनौं, द्वनन्द्व कम गरौं । प्रदेश बनाउन मिलेरै काम गरौ,आफ्नो पदीय दायित्व होला । तर आखिरमा प्रदेश बनाउन हामी नमिली सुखै छैन’ शाक्यले भनिन् ।

सत्तापक्ष र प्रतिपक्षको परम्परागत भावना त्याग्नुपर्ने उनको तर्क राखेकी छन् । गत भदौ २ गते मुख्यमन्त्रीमा नियुक्त भएकी शाक्यको समर्थनमा प्रदेशमा ४३ प्रदेश सांसद मात्र रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर