राति निन्द्रामा बरबरराउदै किन हिँड्छन् मानिसहरू ? यस्तो रहेछ कारण — OSNepal

राति निन्द्रामा बरबरराउदै किन हिँड्छन् मानिसहरू ? यस्तो रहेछ कारण

LC (KTM) December 04, 2021 0

काठमाडौ प्राय मानिसहरुले दिउसको कुरा राति सपनामा देख्ने गरेका हुन्छन् । राति सुतेपछाडि हरेक मानिसहरुले सपना देखेकै हुन्छन् । मानिस हो या अरु प्राणी तर सपना देखेको थाहा हुदैन् ।

तर धेरै जसो मानिसहरु सपनामा बर बरराउदै हिडिरहेका हुन्छन् । सपना भने कहिले पनि पुरै याद हुने गर्दैन हामीले निदाएपछि सपना देखेको पाँच मिनेटमा ५० प्रतिशत र, १० मिनेटभित्र ९० प्रतिशत सपना बिर्सिने गर्छौं । हामीले हाम्रो जीवनकालमा अचम्म अचम्मका सपना हामी देख्ने गर्छौं ।हामीले गर्ने हाम्रो दैनिक गतिविधिको कारणले सपना प्रभावित हुने गर्दछ । अत्यधिक मानसिक तनाव लिने मान्छेले बढी सपना देख्ने गर्छन् ।

हामीले जीवनमा गर्न नसकेका काम, तनाव, डरलाग्दा घटनाका कारण नराम्रा सपना देख्ने गरिन्छ । मानिसहरुले सपनामा बोल्ने, कराउने, हिँड्ने, जस्ता गतिविधि समेत देखाउने गर्दछन् ।सपना देख्ने क्रममा मानिसको शरीर शिथिल भए पनि दिमाग तीव्र गतिमा चल्ने भएकाले सपनामा बोलेको, हिँडेकोबारे केही पनि याद हुदैन । कुनै सामग्री फोड्ने, घर बाट बाहिर निस्किने, दिवाल चढेर हाम फाल्ने जस्ता काम हरु सपनामा हिडेको अवस्थामा गरेको देख्न सकिन्छ । सपनामा हिडिरहदा तर हामिलाई केहि कुराको पत्तो हुदैन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर