राप्रपाकी महामन्त्री कुन्तीले माओवादीको महाधिवेशनमा सम्बोधन यस्तो भनेपछि हलभित्र छुट्यो हाँसोको फोहोरा — OSNepal

राप्रपाकी महामन्त्री कुन्तीले माओवादीको महाधिवेशनमा सम्बोधन यस्तो भनेपछि हलभित्र छुट्यो हाँसोको फोहोरा

LC (KTM) December 26, 2021 0

काठमाडौं ११ पौष । नेकपा माओवादी केन्द्रको ८ औँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्ने क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीकी महामन्त्री कुन्ती शाहीले बोलेको देखेर हल भित्र हासोको फोहोरा छुटेको छ ।

कार्यक्रममा सम्बोधन गर्ने क्रममा उनले नेकपा एमाले महासचिव ईश्वर पोखरेल भनेपछि हलभित्र हाँसोको फोहोरा छुटेको हो । उनले सम्बोधन गरेको देखेर महासचिव शंकर पोखरेल कुन्तीतर्फ पुलुक्क हेर्दै हाँसे भने अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि कुन्तीतिरै हेर्दै हाँसे ।

सम्बोधनकै क्रममा उनले फेरि जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको नाम लिन अड्एिपछि पछाडिबाट अरुले उपेन्द्र यादव भनेपछि उनले सम्बोधन गरेकी थिइन् हालै सम्पन्न भएको राप्रपाको महाधिवेशनमा अभिनेत्री रेखा थापालाई पराजित पार्दे महामन्त्री बनेकी कुन्तीको पहिलो गाँसमै ढुंगा लागेको छ ।

सम्बोधनमा उनले माओवादी र आफ्नो पार्टीको विचारधारा फरक भए पनि एउटा विचारमा मिल्ने बताएकी छन् ।

‘मौलिकता, संस्कृतिलाई समृद्ध, राष्ट्रियतालाई बलियो बनाउने विचारमा आफ्नो पार्टीसँग माओवादी मिलेको तर, वाद फरक रहेको छ ‘ उनले भनिन् ।

‘आज यहाँका युवाहरु कहाँ छन् ? सय डिग्रीको भूमिकामा पसिना सिञ्चित गरिरहेका छन् । अब, उनीहरुलाई स्वदेश फर्काएर देश विकास गर्ने कि नगर्ने ? त्यसैले देश निर्माण सबै दल एकजुट होऔँ ।’ सम्बोधनमा उनले भनिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर