राप्रपा अध्यक्षमा हारे पछि थापा पक्षद्धारा राजाको हस्तक्षेप भन्दै छानबिनको माग, अध्यक्ष लिङ्देनले यसरी चुप लगाए — OSNepal

राप्रपा अध्यक्षमा हारे पछि थापा पक्षद्धारा राजाको हस्तक्षेप भन्दै छानबिनको माग, अध्यक्ष लिङ्देनले यसरी चुप लगाए

LC (KTM) December 08, 2021 0

राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्ष पदमा हारेपछि कमल थापाले पक्षले अनेक बहाना बुन्न थालेको छ । राजाको हस्तक्षेप भयो भन्दै बुधबारदेखि सुरु पहिलो केन्द्रीय कमिटी बैठकमा कमल थापानै उपस्थित भएनन् । बैठकमा थापा पक्षधरहरुले निर्मल निवास र पूर्वराजा ज्ञानेन्द्रले एकता महाधिवेशनमा गरेको हस्तक्षेपको छानबिन हुनुपर्ने कुरा उठाएका छन् ।

महाधिवेशनबाट अध्यक्षमा पराजित थापा निकट नेताहरुले अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको पहिलो बैठकमा यस्तो कुरा उठाएका हुन्। यसरी आफ्नो राय राख्ने थापा पक्षका केन्द्रीय सदस्यहरुमा विजय खड्का, राजाराम बर्तौला, शशी सिलवाल, रीता माझी, केदार कोइराला, दीपक मल्ल, जमुना थापा र राधेश्याम शाह लगायतका रहेका छन् ।

उनीहरुले हस्तक्षेपबारे छानबिन समिति बनाउनुपर्ने बैठकमा माग गरे । तर थापा पक्षले बैठकमा उठाएका कुराको जवाफ दिँदै अध्यक्ष लिङ्देनले यसबारेमा कुनै किसिमको छानबिनको सम्भावना नरहेको बताए । राप्रपाले बोकेको राजनीतिक विचार र सिद्धान्त अनुसार राजाबारे कुनै किसिमको छानबिन हुन नसक्ने जवाफ दिएका हुन्।

लिङ्देनले महाधिवेशनका क्रममा अन्य कमजोरी भएको भएमा सच्याएर सबैलाई समेटेर जान आफू तयार रहेको बताएका थिए । यति भनेपछि सबै चुप लागेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर