राप्रपा अध्यक्ष कमल थापाको चुनावी खर्च साढे १५ लाख — OSNepal

राप्रपा अध्यक्ष कमल थापाको चुनावी खर्च साढे १५ लाख

LC (KTM) April 27, 2023 0

मकवानपुर-राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले गत मङ्सिरमा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा रु साढे १५ लाखभन्दा बढी खर्च गरेको विवरण निर्वाचन आयोगलाई बझाउनुभएको छ ।

गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा मकवानपुर क्षेत्र नं १ बाट सूर्य चिन्ह लिएर चुनावी प्रतिस्पर्धामा उत्रिनुभएका अध्यक्ष थापाले रु १५ लाख ३७ हजार तीन सय ४० खर्च गरेको विवरण निर्वाचन आयोगलाई बुझाउनुभएको हो ।

थापाका निर्वाचन प्रतिनिधि राजाराम बर्तौलाले बुझाउनुभएको विवरणानुसार सवारी साधनमा रु दुई लाख, सम्पर्क कार्यालय सञ्चालनमा रु तीन लाख, गोष्ठी, अन्तरक्रिया शीर्षकमा रु दुई लाख, प्रतिनिधि परिचालनमा रु चार लाख, प्रचारप्रसार सामग्रीमा रु एक लाख ७७ हजार नौ सय र प्रचारप्रसारका लागि छापा एवं विद्युतीय माध्यममा रु दुई लाख ५९ हजार चार सय ४० खर्च भएको उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर