रामदेबको टेलिभिजन उद्घाटन गरेर प्रधानन्त्री देउवा सहित नेपाल र दाहालले कानुनको ठाडो उल्लंघन गरेको एमाले उपाध्यक्ष रावलको टिप्पणी — OSNepal

रामदेबको टेलिभिजन उद्घाटन गरेर प्रधानन्त्री देउवा सहित नेपाल र दाहालले कानुनको ठाडो उल्लंघन गरेको एमाले उपाध्यक्ष रावलको टिप्पणी

LC (KTM) November 20, 2021 0

नेकपा एमालेका उपाध्यक्ष भीम रावल हरेक कुरामा खरो टिप्पणी गर्ने नेताहरुमा गनिने गरेका छन् । उनले प्रधानमन्त्री शेर बहादुर देउवा, पुर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड तथा माधब कुमार नेपाल प्रति खरो टिप्पणी गरेका छन् । आमसञ्चारमा विदेशी लगानी निषेध गरिएको भए पनि भारतीय योग गुरु रामदेवको टिभी च्यानल उद्घाटन गरेर प्रधानमन्त्री शेरबहादुर देउवा सहित अन्य पुर्व प्रधानमन्त्री दाहाल र नेपालले कानूनको ठाडो उल्लंघन गरेको बताए ।

हिजो शिर्ष नेता, मन्त्री तथा विशिष्ट व्यक्तिहरूको उपस्थितिमा प्रधानमन्त्री देउवाले उद्घाटन गरेको पतञ्जली नेपाल’ र ‘आस्था नेपाल’ च्यानलबारे सामाजिक सञ्जालमा टिप्पणी गर्दै रावलले ‘भारतीय योगगुरू’ को टिभी उद्घाटन गरेर देउवा, प्रचण्ड र माधव नेपालले विदेशीको चाकरी गरेको आरोप लगाए ।

उनले लेखेका छन् – प्रधानमन्त्री देउवा,प्रचण्ड र माधव नेपालले कानूनले विदेशी लगानी गर्न रोकेको आमसञ्चार माध्यम टी भी भारतीय योगगुरूलाई सञ्चालन गर्नदिन त्यसको उदघाटन गर्नु विदेशीको चाकरी गर्न देशकै कानूनको निर्लज्ज उल्लंघन हो।यस्तै दृष्टि र मानसिकता भएकाहरू एमसीसीका राष्ट्रघाती प्रावधान नदेखेझैं गर्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर