रामेछापका आठ बर्षिय सिजनलाई पनि देखा पर्यो मधुमेह रोग — OSNepal

रामेछापका आठ बर्षिय सिजनलाई पनि देखा पर्यो मधुमेह रोग

LC (KTM) November 14, 2021 0

काठमाडौँ । आइतबार विश्व मधुमेह दिवस मनाइँदै छ । मधुमेहसम्बन्धी जनचेतनामूूलक कार्यक्रम आयोजना गर्दै यो दिवस मनाउन लागिएको हो । यसपटकको नारा ‘मधुमेह उपचारमा पहुँच’ भन्ने रहेको छ ।

नेपालमा चिनी ९मधुमेह० रोग बालबालिकालाई समेत देखापर्न थालेको छ । रामेछापका सिजन सापकोटा अहिले आठ वर्ष हुनुभयो । उहाँलाई मधुमेह देखिएपछि नियमित औषधि सेवन गरिरहनुभएको छ । खाना खाँदा उहाँले अड्कलेरमात्र खानुहुन्छ ।

खाना खान मन त लागेको तर समस्याले गर्दा थोरै खाएर उठ्नुपर्ने बाध्यता रहेको उहाँ बताउनुहुन्छ । नेपालमा कुल जनसङ्ख्याको १० प्रतिशत मानिसमा मधुमेह रहेको अनुमान गरिएको छ ।

वरिष्ठ मधुमेह रोग विशेषज्ञ डा। ज्योति भट्टराईले पछिल्लो समय मधुमेहका रोगीहरू बढेको बताउनुभयो ।

उहाँले सुगरको मात्रा धेरै भएर मानिसलाई कुनै असर गर्न नसक्ने भन्दै समय–समयमा सुगरको मात्रा परीक्षण गर्न आग्रह गर्नुभयो । मधुमेह रोग वंशाणुगत रूपमा समेत लाग्ने भन्दै डा। भट्टराईले मधुमेह भएका बाबुआमाका छोराछोरीलाई पनि मधुमेह हुन सक्ने बताउनुभयो ।

उहाँले बढी तौल भएका मानिसमा मधुमेह देखिने गरेको जानकारी दिनुभयो । उहाँका अनुसार तनाब बढी लिने व्यक्तिलाई पनि मधुमेह हुन सक्छ । डा। भट्टराईले अधिकांश मधुमेह रोगीलाई आफूलाई रोग लागेको पत्तो नहुने बताउनुभयो ।

उहाँले मधुमेह रोगबाट बच्न नियमित व्यायाम गर्नुपर्ने, सन्तुलित भोजन, चिकित्सकको परामर्शअनुसार रोगलाई नियन्त्रणमा राख्नुपर्ने बताउनुभयो ।

डा। भट्टराईले यसमा हेलचेक्र्याइँ गरेर बस्दा मिर्गौला फेल हुने, मुटुको रोग, पक्षघात, अन्धोपनजस्ता समस्या देखिन सक्ने भएकाले सतर्कता अपनाउनुपर्ने बताउनुभयो ।यो खबर आजको गोरखापत्र दैनिकमा छ ।५० प्रतिशत बिरामीलाई मधुमेह भएको थाहा नहुने भन्दै डा। भट्टराईले मधुमेहको जोखिम बढेसँगै यसको दीर्घकालीन असर प्रत्येक परिवारमा देखिने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर