राष्ट्रपतिसमक्ष मानवअधिकार आयोगको प्रतिवेदन पेश — OSNepal

राष्ट्रपतिसमक्ष मानवअधिकार आयोगको प्रतिवेदन पेश

LC (KTM) December 09, 2021 0

काठमाडौँ, २३ मङ्सिर -राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले आज आयोगकोे २०७७/७८ को वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ ।आयोगले नेपालको संविधानको धारा २९४ बमोजिम सो प्रतिवेदन पेश गरेको हो ।

कांग्रेस केन्द्रीय समिति बैठक सम्पन्न, तीन प्रस्ताव पारित-नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आज बसेको बैठकले भोलि शुक्रबारदेखि सुरु हुन लागेको कांग्रेसको १४औँ महाधिवेशनमा पेश गरिने तीन प्रतिवेदन पारित गरेको छ । बैठकले महामन्त्रीको साङ्गठनिक प्रतिवेदन, कोषाध्यक्षको लेखासम्बन्धी प्रतिवेदन र नीति तथा अनुसन्धानसम्बन्धी प्रतिवेदनलाई पारित गरेको हो ।

बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिँदै पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीको महासमिति बैठकपछि विधान सम्बन्धमा जतिपनि निर्णय भएका छन् तिनलाई पनि केन्द्रीय कार्यसमितिबाट अनुमोदन गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

बैठकमा शुक्रबारदेखि सुरु हुने पार्टीको महाधिवेशनको तयारीलगायत विषयमा छलफल भएको जानकारी प्रवक्ता शर्माले दिनुभयो । प्रवक्ता शर्माले महाधिवेशनमा भारतीय जनता पार्टी र कङ्ग्रेस आईका प्रतिनिधि अतिथिका रुपमा सहभागी हुने निश्चित भएको जानकारी दिनुभयो । उहाँले शुक्रबार महाधिवेशनको उद्घाटन दिउँसो १ बजे भृकुटीमण्डपमा हुने र यसलाई चुस्त र व्यवस्थितरुपमा सम्पन्न गर्नेगरी तयारी भएको जानकारी पनि दिनुभयो । आजको बैठकमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल अनुपस्थित हुनुभएको बुझिएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर