राष्ट्रपति भण्डारीसमक्ष बिमस्टेक महासचिवको शिष्टाचार भेट — OSNepal

राष्ट्रपति भण्डारीसमक्ष बिमस्टेक महासचिवको शिष्टाचार भेट

LC (KTM) January 05, 2022 0

काठमाडौँ, २१ पुस -राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) का महासचिव तान्जेन लाक्फेलले आज राष्ट्रपति भवन शीतल निवासमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

सो अवसरमा बिमस्टेक प्रक्रियालाई थप प्रभावकारी बनाई अघि बढ्न सदस्य राष्ट्रहरुबीच क्षेत्रीय सहयोग अभिवृद्धि गर्ने विषयमा कुराकानी भएको थियो । राष्ट्रपतिको कार्यालयका अनुसार त्यस अवसरमा नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरुको उपस्थिति रहेको थियो ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर