राष्ट्रपति सीद्वारा फिजीका राष्ट्रपति काटोनिभेरेलाई बधाइ — OSNepal

राष्ट्रपति सीद्वारा फिजीका राष्ट्रपति काटोनिभेरेलाई बधाइ

LC (KTM) November 13, 2021 0

बेइजिङ, कार्तिक २७-चिनियाँ राष्ट्रपति सी चिनफिङले शुक्रबार रातु विलियम काटोनिभेरेलाई फिजीको राष्ट्रपतिको रूपमा कार्यभार सम्हालेकोमा बधाइ सन्देश पठाउनुभएको छ।नयाँ चीनसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने फिजी पहिलो प्रशान्त टापु राष्ट्र भएको उल्लेख गर्दै सीले ४६ वर्षअघि सम्बन्ध स्थापना भएदेखि नै चीन-फिजी सम्बन्धले उल्लेखनीय प्रगति गरेको र समान व्यवहार र मैत्रीपूर्ण सहयोगको नमूना बनेको बताउनुभएको छ।

कोभिड-१९ को महामारीको सामना गर्दै चीन र फिजीले एक अर्कालाई सहयोग गरेका छन् र उनीहरूको मित्रता र सहयोग झन्झन् गहिरो हुँदै गएको छ, सीले थप्नुभयो।
राष्ट्रपति सीले चीन-फिजी सम्बन्धको विकासलाई ठूलो महत्त्व दिएको र दुई देशबीचको चौतर्फी मैत्रीपूर्ण सम्बन्ध आदान-प्रदान र व्यावहारिक सहयोगलाई सुदृढ गर्न तथा दुवै देशको साझा हितका लागि चीन-फिजी व्यापक रणनीतिक साझेदारीको नवीन एवं फराकिला सम्भावनाहरू उजागर गर्न राष्ट्रपति काटोनिभेरसँग सहकार्य गर्न तयार रहेको बताउनुभएको छ। (रासस-सिन्ह्वा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर