राष्ट्रिय सभाको निर्वाचनमा पाँच दलले संयुक्त उम्मेदवार बनाउने पक्का : अध्यक्ष प्रचण्ड — OSNepal

राष्ट्रिय सभाको निर्वाचनमा पाँच दलले संयुक्त उम्मेदवार बनाउने पक्का : अध्यक्ष प्रचण्ड

LC (KTM) November 24, 2021 0

काठमाडौं ८ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तीन तहको निवार्चन सम्म सत्ता गठवन्धन कायम रहने बताएका छन् ।

बुधबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले तीनै तहको निर्वाचन सम्म गठबन्धन भन्दै त्यसका लागि अहिले सवै दलबीच राम्रो समझदारी बनेको समेत बताएका छन् ।

काँग्रेस महाधिवेशनमा भोट बढी आउला भनेर केही नेताले गठबन्धन हुँदैन भन्ने गरेको भएपनि आन्तरिक रुपमा सबैले गठवन्धन चाहेको दावी गरेका छन् ।

पत्रकार सम्मेलनमा प्रचण्डले रिक्त रहेको राष्ट्रिय सभाको पदमा पनि पाँच दलीय गठबन्धनले तालमेल गर्ने बताएका उनले राष्ट्रिय सभाको निर्वाचनमा पाँच दलले संयुक्त उम्मेदवार बनाउने पक्का भएको जानकारी गराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर