रेडमड कफीको १० औ आउटलेट विराटनगरमा — OSNepal

रेडमड कफीको १० औ आउटलेट विराटनगरमा

LC (KTM) November 18, 2021 0

काठमाडौँ । पछिल्लो समय नेपालमा कफी कल्चर बढे सँगै कफी सपहरु खुल्ने क्रम बढ्दो छ । यस सँगै कफी पारखीहरु माझ छुटै परिचय बनाउन सफल रेडमड कफीले विराटनगरमा आफ्नो १० औ आउट लेट विस्तार गरेको छ । विराटनगर को रेन्बो गल्ली, ट्राफिक चोकमा उक्त आउटलेट सञ्चालन मा आएको हो ।

सन् २०१२ बाट थापाथली बाट सुरुवात भएको रेडमड कफी ले मनाङ देखी पश्चिममा धनगढी हुँदै पूर्व मा विराटनगर सम्म आफ्नो सेवा प्रदान गर्न सफल भएको छ । अहिले काठमाण्डुको नयाँ बानेश्वर , दरबारमार्ग, डिल्लीबजार, एकान्तकुना, गैरीधारा, झम्सिखेल , थापाथलीमा रेडमड कफी सञ्चालनमा आइरहेको छ । यस सँगै रेडमड कफीले अब चाडै नै अन्य ठाउँमा पनि आउटलेट खोल्ने तयारी गरेको सञ्चालक प्रवेश हुमागाईँले बताएका छन् । साथै रेडमड कफीसँग सहकार्य गर्न चाहने व्यक्तिले फ्रेन्चाइजका लागि कार्यालयमा सम्पर्क गर्न सक्ने पनि बताए ।

विशेष गरी कफी पारखीको लागी शान्त वातावरणमा साथी भाइसँग जमघट अथवा कुनै पनि अफिसियल मिटिङका लागि उचित स्थान भएकोले पनि रेडमड कफी युवा पुस्तामाझ पछिल्लो समय लोकप्रिय बन्दै गइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर