रोईरहेकी दिलीप कुमारकी पत्नीलाई शाहरुखले यसरी सम्हाले , शाहरुख लाई आफ्नो छोरा जत्तिकै मान्थे दुबै जनाले — OSNepal

रोईरहेकी दिलीप कुमारकी पत्नीलाई शाहरुखले यसरी सम्हाले , शाहरुख लाई आफ्नो छोरा जत्तिकै मान्थे दुबै जनाले

LC (KTM) July 07, 2021 0

दिग्गज कलाकार तथा करोडौको प्रेरणा मानिएका बलिउड अभिनेता दिलीप कुमारले आज संसार बाट बिदा लिएका छन् । पछिल्लो केही दिन देखी उनी एकदमै अस्वस्थ्य रहेका थिए । उनको अस्पतालमा उपचार भईरहेको थियो । उनको आज बिहान पौने ८ बजे अस्पतालमा अन्तिम श्वास लिएका थिए ।

उनको निधनले सिनेमा जगतका सबै ब्यक्ति शोकमा डुबेका छन् । उनको निजी निवासमा अहिले बलिउडकर्मीहरुको भिड नै लागेको छ । यसैक्रममा बलिउडका किंग शाहरुख खान पनि अन्तिम श्रद्धाञ्जली दिन घरनै पुगेका छन् ।

रुदै गरेकी दिलीपकी पत्नी सायरालाई शाहरुखले यसरी सम्हाले

जब शाहरुख खान दिलीपको घरमा पुग्छन् । उनकी श्रीमती सायरा बानो एकदमै भावबिव्हल अवस्थामा हुन्छिन् । रोईरहेकी सायरा लाई शाहरुखले सम्हालेका थिए । सायरा दिवंगत पति दिलीपको पार्थिव शरिरको नजिक बसेकी थिईन् । उनी रोईरहेकी थिईन् शाहरुखले उनलाई संझाउँदै उनको आँसु रोक्ने प्रयास गरेका थिए ।

यस कठिन समयमा उनको सहारा बनिरहेको देख्न सकिन्थ्यो । सायरा र दिलीप दुबैजनालाई बलिउडका सबैले माया गर्थे । उनीहरु प्रति शाहरुखको पनि उत्तिकै लगाव र प्रेम थियो । उनीहरु दुबै जना शाहरुख लाई आफ्नै छोरा जस्तो माया गर्थे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर