रोल्पामा बस दुर्घटना, ४ जनाको घटनास्थलमै मृत्यु , ६ जना घाइते — OSNepal

रोल्पामा बस दुर्घटना, ४ जनाको घटनास्थलमै मृत्यु , ६ जना घाइते

LC (KTM) November 18, 2021 0

दाङ २ मंसिर । दाङको घोराहीबाट रोल्पाको थवाङतर्फ जाँदै गरेको ना ३ ख ५५१८ नम्बरको बस बेलुका साढे ६ बजे माडी खोलामा दुर्घटना भएको छ ।

१० जना सवार यात्रु रहेको उक्त बस बिहिबार बेलुकी दुर्घटना चार जनाको घटनास्थलमै मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय रोल्पाले दिएको जानकारी अनुसार दुर्घटनामा मृत्यु हुनेमा तीन पुरूष र एक महिला रहेका छन् भने ६ जना घाइते भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर