रौतहटमा हावा भर्ने ट्यांकी पड्किँदा एक जनाको मृत्यु — OSNepal

रौतहटमा हावा भर्ने ट्यांकी पड्किँदा एक जनाको मृत्यु

LC (KTM) November 19, 2021 0

रौतहटमा आज हावा भर्ने ट्यांकी पड्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कटहरिया नगरपालिका–५ निवासी २० वर्षीय सम्सुल मियाँ रहेका छन् । ग्यारेजमा रहेको हावा भर्ने ट्यांकी पड्किएर मियाँको मृत्यु भएको ईलाका प्रहरी कार्यालय कटहरियाले जनाएको छ । मियाँ आफैले सञ्चालन गरेको ग्यारेजमा यो घटना भएको हो ।

उनले ग्यारेजमा रहेको हावा भर्ने ट्यांकीमा पम्पसेट चलाएर हावा भरिरहेका थिए तर अचानक ट्यांकि पड्किएको थियो। ट्यांकी पड्किँदा घाइते भएका मियाँलाई उपचारका लागि वीरगञ्ज लैजाने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कटहरियाका प्रहरी नायब निरीक्षक वीरेन्द्र यादवले जानकारी दिए। त्यस्तै अर्का एक जना पनि घाईते भएका छन् । ट्यांकीको फलामको टुक्रा लागेर ग्यारेजमा बसिरहेका २५ वर्षीय जैसी यादव घाइते भएका हुन्। घाईते यादवको वीरगञ्जमा उपचार भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर