लक्ष्मी लघुवित्तको साधारणसभा १० मंसिरमा, लाभांश प्रस्ताव मूख्य एजेण्डा — OSNepal

लक्ष्मी लघुवित्तको साधारणसभा १० मंसिरमा, लाभांश प्रस्ताव मूख्य एजेण्डा

LC (KTM) November 23, 2021 0

काठमाडौं, ७ मंसिर-लक्ष्मी लघुवित्त वित्तीय संस्थाले १० मंसिरमा वार्षिक साधारणसभा बोलाएको छ । संस्थाले २७ दशमलव ३६ प्रस्ताव लाभांश प्रस्ताव पारित गर्न अग्रवाल भवन कमलपोखरी काठमाडौंमा बिहान ११ बजे सभा आह्वान गरेको हो । सभा भिडियो कफ्रेन्सको माध्यमबाट आयोजना हुनेछ ।सभामा सेयरधनीलाई लाभांश वितरण गर्ने विशेष प्रस्ताव पेस हुनेछ । कम्पनीले आर्थिक वर्ष २०७६/०७७ को नाफाबाट २० प्रतिशत बोनस सेयर र सात दशमलव ३६ प्रतिशत नगद वितरण गर्ने निर्णय गरेको छ ।

यस्तै, अन्य कुनै लघुवित्तलाई एक्वायर गर्नुपरेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि छ । आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा छलफल हुनेछ ।सभा प्रयोजनार्थ लक्ष्मीले ३० कात्तिकमा बुक क्लोज गरिसकेको छ । यसअनुसार २९ कात्तिकसम्म कायम रहेका सेयरधनीले लाभांश सुरक्षित गर्न तथा सभामा सहभागिता जनाउन पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर