लगातारको दोस्रो हार संगै नेपाल एसीसी यू १९ एसिया कप क्रिकेट प्रतियोगिताबाट बाहिरियो — OSNepal

लगातारको दोस्रो हार संगै नेपाल एसीसी यू १९ एसिया कप क्रिकेट प्रतियोगिताबाट बाहिरियो

LC (KTM) December 26, 2021 0

लगातारको दोस्रो हार संगै नेपाल एसीसी यू १९ एसिया कप क्रिकेट प्रतियोगिताको रेस बाट बाहिरिएको छ । आज भएको खेलमा टेस्ट राष्ट्र श्रीलंकासँग ६० रनले पराजित हुँदै नेपाल बाहिरिएको हो । युएईको सारजाह क्रिकेट मैदानमा श्रीलंकाले नेपाल समक्ष ३ सय २३ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

जवाफी ब्याटिङमा उत्रिएको नेपाल ४७ ओभर ५ बलमा अलआउट हुँदै २ सय ६२ रनमा समेटिएको थियो । नेपालका लागि अर्जुन साउदले ६४ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई हार बाट जोगाउन सकेनन् । यस्तै बसिर अहमेदले ४३ , विवेक यादव ४६, सन्तोष कार्की ३४ रनमा आउट हुँदा कप्तान देव खनालले २८ रनको योगदान दिए ।

श्रीलंकाका रभिन डी सिल्भा र मथिसा पाथिरानाले तीन तीन विकेट लिए । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ५० ओभरमा ४ विकेट गुमाएर ३ सय २२ रनका योगफल तयार पारेको थियो । श्रीलंकाका लागि सदिशा राजपाक्षेले १ सय ३१, चामिन्दु विक्रमासिंगेले १ सय ११ रनको शतकीय इनिङ्स खेलेका थिए ।

नेपालका आदील आलमले २ तथा देव खनाल र विवेक यादवले एक एक विकेट हात पारेका थिए । नेपालले समूह चरणको अन्तिम खेलमा कुवेतविरुद्ध प्रतिष्पर्धा गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर