लगातार दोस्रो दिन पनि आज संक्रमित भन्दा निको हुने थोरै, ९ जनाले गुमाए ज्यान — OSNepal

लगातार दोस्रो दिन पनि आज संक्रमित भन्दा निको हुने थोरै, ९ जनाले गुमाए ज्यान

LC (KTM) November 23, 2021 0

काठमाडौं- नेपालमा थप ३५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार १७४ जनाको कोरोना परीक्षण गर्दा ३५१ जनामा कोरोना संक्रमण भएको हो ।

यस्तै, पछिल्लो २४ घण्टामा कोरोना जित्नेको संख्या २७३ रहेको छ । यसैगरी कोरोनाबाट निको हुनेको दर ९७।७ प्रतिशत छ।

संक्रमणबाट ९ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ११ हजार ५०९ पुगेको छ।त्यस्तै, काठमाडौं उपत्यकामा १४४ थपिएका छन्। जसमध्ये काठमाडौंमा १०५, ललितपुरमा ३० र भक्तपुरमा ९ संक्रमित छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर