आज पनि बढ्यो सुनको मूल्य — OSNepal

आज पनि बढ्यो सुनको मूल्य

LC (KTM) January 14, 2022 0

काठमाडौ । नेपाली बजारमा साताको अन्तिम दिन सुनको मूल्य बढेको छ । बिहीबार ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा २०० रुपैयाँले बढेर ९२ हजार ७०० रुपैयाँमा किनबेच भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तैगरी आज तेजाबी सुनको मूल्य ९२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य पाँच रुपैयाँले बढेर एक हजार २६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर