लमजुङ कांग्रेस सभापतिमा देउवा र पौडेलको टिमबिच कडा टक्कर, कसले मार्लान् बाजी ? — OSNepal

लमजुङ कांग्रेस सभापतिमा देउवा र पौडेलको टिमबिच कडा टक्कर, कसले मार्लान् बाजी ?

LC (KTM) November 22, 2021 0

लमजुङ, ६ मसिर- नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत साेमबार जिल्ला अधिवेशन हुँदै छ । जिल्ला अधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवा पक्षका टंकराज गुरुङ र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका गमप्रसाद गुरुङ चुनावी मैदानमा उत्रिएका छन् । टंकराज गुरुङको टिमबाट उपभापतिका लागि लोकनाथ घिमिरे र श्रीकान्त घिमिरेले उम्मेदवारी दिएका छन भने गमप्रसाद गुरुङको टिमबाट आनन्द घिमिरे र खड्गबहादुर गुरुङले उम्मेदवारी दिएका छन ।

टंकराजको टिमबाट सचिवमा नविनचन्द्र घिमिरे र कृष्णबहादुर अधिकारीले उम्मेदवारी दिएका छन् । गमप्रसादको टिमबाट विमल श्रेष्ठ र राजकुमार पाण्डेले सचिव पदमा उम्मेदवारी दिएका छन् । उपसचिवमा टकराजको टिमबाट मदनसिंह घिमिरे र विश्व पौडेलले उम्मेदवारी दिएका छन । गमप्रसाद समूहबाट सूर्यकला बराल (कोइराला) र नरबहादुर गुरुङले उम्मेदवारी दिएका छन् ।

कांग्रेसको जिल्ला अधिवेशनबाट सभापति एक, उपसभाति दुई, सचिव दुई, सहसचिव दुई, सदस्यहरू गाउँपालिकाबाट एक महिलासहित दुई जना, प्रत्येक नगरपालिकाबाट एक महिलासहित तीन जना निर्वाचित हुने नेपाली कांग्रेस जिल्ला निर्वाचन अधिकृत थानेश्वर दवाडीले बताए ।

यस्तै समानुपातिक सदस्यहरू आदिवासी जनजाति महिला तीन, आदिवासी जनजाति खुला चार, खस आर्य महिला दुई, खस आर्य खुला दुई, दलित महिला एक, दलित खुलाबाट एक जना निर्वाचित हुने कांग्रेस जिल्ला निर्वाचन अधिकृत दवाडीले बताए ।

यस्तै केन्द्रीय महाधिवेशन प्रतिनिधितर्फ प्रत्यक्ष खुला १०, प्रत्यक्ष महिलातर्फ चार, खस आर्य महिला एक, खस आर्य खुला दुई, आदिवासी जनजाति महिला दुई, आदिवासी जनजाति खुला तीन, दलित महिला एक, दलित खुला एक, अपांगता भएका व्यक्ति एक, मधेसी वा थारू वा मुस्लिम वा अल्पसंख्यक वा अपांगता भएका एक जना निर्वाचित हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर