लागुऔषध ओसारपसारको नयाँ रूप, ट्याक्टरको टलीभित्र यस्तो बनाएर लैजादै गरेको देखेपछि प्रहरी नै चकित — OSNepal

लागुऔषध ओसारपसारको नयाँ रूप, ट्याक्टरको टलीभित्र यस्तो बनाएर लैजादै गरेको देखेपछि प्रहरी नै चकित

LC (KTM) November 18, 2021 0

सुनसरी, २ मङ्सिर-नेपालबाट भारततर्फ लैजाँदै गरेको १८० केजी गाँजा प्रहरीले बरामद गरेको छ ।सुनसरी देवानगञ्ज ४ नेपाल-भारत सीमानामा ट्याक्टरको टलीभित्र फल्स बेस बक्स बनाई भारत निर्यात गर्न लागेको १८० केजी गाँजा बरामद गरेको हो । गाँजासहित स्थानीय सन्तोष कुमार मेहतालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सञ्जय सिंह थापाले जानकारी दिए ।

उनको साथबाट एक थान मोटरसाइकल, एक थान ओसारपसारमा प्रयोग हुने ट्याक्टर बरामद गरिएको छ । नेपाली बजारमा प्रति केजी १३ हजारमाथि खरीद बिक्री हुने गरेको छ । भारतमा प्रतिकेजी २५ हजार माथिमा बिक्री हुने गरेको छ ।

कसरी पक्राउ गर्न सफल भयो प्रहरी ?

बुधबार दिउँसो करिब १ बजे देवानगञ्ज ४ नेपाल भारत सीमानानजिक प्रहरीको चेकिङ थियो । स्थानीय एक विद्यालयमा कार्यरत शिक्षक सन्तोषकुमार मेहता मोटरसाइकलमा अगाडि चेकिङमा रहेका प्रहरीलाई पछाडि आउँदै गरेको ट्याक्टर भारतमा पराल ल्याउन जानुपर्ने छ, छाडी दिनु पर्‍यो भन्दै आग्रह गर्छन् ।

प्रहरीसँग कुराकानी गरी रहेको अवस्थामा पछाडि गाँजा बोकेर आउँदै गरेको ट्याक्टरका चालकले इन्जिन खोली ट्रली त्यहीँ छाडी इन्जिन मात्र लिई भाग्छन् । ट्याक्टर चालक भागेको देखेर मोटरसाइकलमा रहेका मेहता पनि भाग्न खोज्छन् । ट्याक्टर चालक भागेपछि प्रहरीले किन भाग्यो भन्ने खोजतलास गर्छ । प्रहरी ट्याक्टरको ट्रली चेकजाँच गर्न थाल्छ ।

चेकजाँच गर्दा ट्रलीभित्र गाँजा लुकाउन गोप्य रूपमा फल्स बेस बक्स बनाएको थाहा हुन्छ । बेस बक्सको नट बल्टु खोली हेर्दा भित्र सेतो रङ्गको प्लास्टिकको ९० पोका गाँजा प्रहरीले फेला पार्छ । तौल गर्दा प्रत्येक पोकाको तौल २ केजी रहेको प्रहरी बताउँछ ।

इलाका प्रहरी कार्यालय देवानगन्जका प्रहरी निरीक्षक बद्रीविक्रम दाहालको कमाण्डमा ट्याक्टरको इन्जिन खोजी गर्दा देवानगन्ज – ४ कौवाखोज स्थित वासको झाङमा लुकाई राखिएको अवस्थामा फेला पारेको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ परेका मेहताविरुद्ध लागु औषध नियन्त्रण ऐन २०३३ अनुसार जिल्ला अदालत सुनसरीबाट ।सात दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको छ । ट्याक्टर चालक फरार छन् । उनको खोजी भइरहेको प्रहरीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर