लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ — OSNepal

लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

LC (KTM) July 09, 2021 0

कास्की २५ असार । लागूऔषध मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका २५ हेम्जा बस्ने तिब्बत घर भएका ३० वर्षीय जिग्मे ल्हुण्डुप रहेका छन् ।

निजलाई हिजो दिउँसो जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । निज जिल्ला अदालत कास्कीको २०७६ पुस २८ गतेको फैसलाले लागूऔषध गाँजा मुद्धामा ६ महिना कैद सजाय हुने गरी फैसला भएकोमा २ महिना ११ दिन कैद भुक्तान गरी ३ महिना १९ दिन सजाय भुक्तान गर्न बाँकी रही फरार रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर