लाभांश प्रस्ताव पारित गर्न गुराँस लाइफकाे साधारणसभा — OSNepal

लाभांश प्रस्ताव पारित गर्न गुराँस लाइफकाे साधारणसभा

LC (KTM) November 23, 2021 0

काठमाडौं, ७ मंसिर -गुराँस लाइफ इन्स्याेरेन्सकाे वार्षिक साधारणसभा तय भएकाे छ । १० मंसिरमा बस्ने साधारणसभाले सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्नछ । सभामा आर्थिक वर्ष २०७५/०७६ को नाफाबाट लगानीकर्तालाई प्रस्ताव गरेको ५.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२८ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव छ । नियमावली संशोधन गर्ने लगायत एजेन्डा पनि छ ।

सभा तथा लाभांश वितरण प्रयोजनका लागि यस गुराँसले २३ कात्तिकदेखि १० मंसिरसम्म बुक क्लोज गरेको छ । यसअनुसार २२ कात्तिकसम्म नेप्सेमा कायम हेका सेयरधनीले उक्त लाभांश पाउन सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर