लामो यात्रामा दौडिँदा कहिलेकाहीँ चौतारीमा बस्नुपर्ने भन्दै भट्टराई फेरि सचिवमा नै दोहोरिँदै — OSNepal

लामो यात्रामा दौडिँदा कहिलेकाहीँ चौतारीमा बस्नुपर्ने भन्दै भट्टराई फेरि सचिवमा नै दोहोरिँदै

LC (KTM) November 24, 2021 0

काठमाडौं ८ मंसिर । नेकपा एमालेका सचिव योगेश भट्टराईले आफु फेरि एक पटक सचिव पद मै उम्मेदवार दिने बताएका छन् ।

बुधबार भरतपुरमा आयोजित एक कार्यक्रममा नेता भट्टराईले अहिले नै धेरै माथि गयो भने लुडो जस्तो तल खस्ने भन्दै पुन एक पटक सचिवमा नै आफुले उम्मेदवारी दिने बताएका हुन् ।

बुधबार भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै भट्टराईले अहिले नै धेरै माथिमाथि चढियो भने लुँडो खेलेजस्तो एकैपटक तल खस्ने सम्भावना हुने भन्दै सचिवमा नै उम्मेदवारी दिने बताएका हुन् ।

एमालेका राजनीति गर्न अझै १५ वर्ष उमेर साथ दिने बताएका उनले लामो यात्रामा दौडिँदा कहिलेकाहीँ चौतारीमा बस्नुपर्ने समेत बताएका छन् ।

‘अरु प्रतिनिधि पनि आउँदै हुनुहुन्छ। उहाँहरुसँग पनि सल्लाह गर्नुपर्छ। मेरो आशय तपाईंहरुले बुझिरहनुभएको छ। लामो यात्रामा दौडिँदा कहिलेकाहीँ चौतारीमा बस्नुपर्छ। यसपटक चौतारीमा बस्ने हो, सचिवमा भन्ने मेरो सोचाइ छ’, उनले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर