लामो रक्सारक्सी पछि गण्डकी प्रदेशमा मन्त्रिमण्डल विस्तार गर्दै ६ जना मन्त्रीले लिए सपथ — OSNepal

लामो रक्सारक्सी पछि गण्डकी प्रदेशमा मन्त्रिमण्डल विस्तार गर्दै ६ जना मन्त्रीले लिए सपथ

LC (KTM) July 23, 2021 0

पोखरा । लामो रक्सारक्सी पछि प्रदेश सरकार बनेको डेढ महिना पछि गण्डकी प्रदेशमा थप ६ जना मन्त्रीहरु नियुत्त गरी मन्त्रिमण्डल विस्तार गरेका छन् । आजै ६ जना मन्त्रीहरुले प्रदेश प्रमुख सीता कुमारी पौडेलबाट सपथ खाएका छन् ।

सत्ता पक्षको तर्फबाट विन्दुकुमार थापा आन्तरिक मामिला तथा कानुन मन्त्री, कुमार खड्का भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात मन्त्री र मेषलाल श्रेष्ठले शिक्षा, र संस्कृति, विज्ञान तथा सामाजिक विकास पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा मणिभद्र शर्माले मन्त्रीको शपथ लिएका छन्।

यस्तै, माओवादी केन्द्रबाट रामजी बरालले अर्थ, दीपक चर्ती मगरले वन, वातावरण तथा भू-संक्षण र चन्द्रबहादुर बुढाले भूमि व्‍यव्स्था, कृषि सहकारी तथा गरिबी निवारण मन्त्रीको शपथ लिएका छन् ।

संयुक्त गठवन्धनको नेतृत्वमा बनेको गण्डकी प्रदेश सरकारले आफ्नो सहमति उल्लंघन गरेको भन्दै जनता समाजवादी पार्टीले नवनियुक्त मन्त्रीहरुको सपथ कार्यक्रम बहिस्कार गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर