लुम्बिनी प्रदेशका मुख्यमन्त्री पौडेलमाथि विपक्षीदलको दवाव : कि राजीनामा कित विश्वासको मत — OSNepal

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पौडेलमाथि विपक्षीदलको दवाव : कि राजीनामा कित विश्वासको मत

LC (KTM) June 02, 2021 0

काठमाडौँ १९ जेठ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पौडेलमाथि विपक्षी दलहरुले राजीनामा गरि मार्ग प्रशस्त गर्न दवाव दिएका छन् । अल्पमतमा परेको सरकार भन्दै विपक्षी दलहरुले राजीनामा कित विश्वासको मत लिनु पर्ने भन्दै बैठकमा आवाज उठाएका हुन् ।

नेपाली कांग्रेसका प्रमुख सचेतक फकरुद्धिन खाँनले मुख्यमन्त्री अल्पमतमा रहेको भन्दै राजीनामा दिन माग गरेको बताएका छन् । अहिलेको सरकार अब संविधानको धारा १६८ उपधारा २ मा परिणत भएकाले मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्छ, होइन भने राजीनामा दिनुपर्ने सचेतक खाँनले बताएका छन् ।

यता माओवादी केन्द्रका सांसद सुदर्शन बरालले पनि नियम, कानून र विधिको संवैधानिक मान्यताबाट सरकार चल्नुपर्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर