लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्य उपनिर्वाचन आज, एमालेको तर्फबाट खड्का र विपक्षी गठबन्धनबाट पाण्डेको सहभागीता — OSNepal

लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्य उपनिर्वाचन आज, एमालेको तर्फबाट खड्का र विपक्षी गठबन्धनबाट पाण्डेको सहभागीता

LC (KTM) May 31, 2021 0

काठमाडौँ १७ जेठ । लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्यका लागि दूई जनाको उम्मेदवारी परेको छ । आज हुन गइरहेको राष्ट्रियसभा सदस्यउ उपनिवार्चनको लागि
एमालेको तर्फबाट चन्द्रबहादुर खड्का उम्मेदवार छन् भने विपक्षी गठबन्धनबाट दृगनारायण पाण्डे रहेका छन् ।

पाण्डलेलाई कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले संयुक्त रुपमा पाण्डेलाई उठाएको हो । उपनिवार्चनको लागि दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रलाई मतदान स्थल बनाइएको छ आज बिहान नौ बजे बाट दिउँसो तिन बजे सम्म मतदान गर्ने व्यवस्था मिलाइएको छ । मतदानमा सहभागी सबै मतदाताहरूले अनिवार्य रुपमा पिसिआर परीक्षण रिपोर्ट लिएर जानुपर्ने निर्वाचन आयोगले जनाएको छ ।

कोभिड १९ संक्रमितको लागि भने छुट्टै व्यवस्था गरिएको पनि बुझिएको छ ।८३ जना प्रदेश सांसद रहेको लुम्बिनी प्रदेशमा कुल मतदाता संख्या ३०० रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर