लुम्बिनी प्रदेशले ४३६ कर्मचारी करारमा माग्यो, कुन जिल्लामा कति ? — OSNepal

लुम्बिनी प्रदेशले ४३६ कर्मचारी करारमा माग्यो, कुन जिल्लामा कति ?

LC (KTM) December 31, 2021 0

काठमाडौं, १६ पुस । लुम्बिनी प्रदेश सरकार, कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयले ठूलो संख्यामा करार सेवामा कर्मचारी भर्ना गर्ने भएको छ ।

मन्त्रालयले वार्षिक स्वीकृत कार्यक्रम सञ्चालनका लागि ४३६ कर्मचारी करार सेवामा भर्ना गर्न लागेको हो । त्यसका लागि शुक्रबार दरखास्त आह्वान गरिएको छ । १५ दिनभित्र आवेदन दिन भनिएको छ ।

मन्त्रालयले प्रदेशका सबैजसो जिल्लामा नायक प्राविधि सहायक र नायव पशु सेवा प्राविधिकका लागि विज्ञापन आह्वान गरेको हो ।

आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस : आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस । नेपाली कांग्रेसका संस्थापक बीपी कोइरालालगायतका नेता लामो निर्वासन अन्त्य गरी स्वदेश फर्किएको दिन १६ पुसलाई हरेक वर्ष ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’का रुपमा मनाउँदै आएको छ ।

नेपाली कांग्रेसले पनि हरेक वर्ष विभिन्न कार्यक्रम गरी मेलमिलाप दिवस मनाउँदै आएकाे छ । मुलुकको सार्वभौमसत्ता रक्षा गर्न जनताकै बीचमा रहनुपर्छ भन्ने सोचका साथ नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला, लौहपुरुष गणेशमान सिंहलगायत नेताहरु मेलमिलापको नीति लिएर विसं २०३३ पुस १६ गते स्वदेश फर्किएका थिए ।

बीपीले मुलुकको सार्वभौम सत्ता रक्षाका लागि जनशक्ति (राजनीतिक दल) र राजशक्ति (राजा) मिल्नुपर्ने धारणा राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर