लोकप्रिय हाँस्य कलाकार विल्सन विक्रम राई ‘तक्मे बुढा’लाई पुत्रीलाभ, नाम राखे यस्तो ! — OSNepal

लोकप्रिय हाँस्य कलाकार विल्सन विक्रम राई ‘तक्मे बुढा’लाई पुत्रीलाभ, नाम राखे यस्तो !

LC (KTM) December 09, 2021 0

काठमाडौं । लोकप्रिय हास्य कलाकार विल्सन विक्रम राई लाई पुत्रीलाभ भएको छ । राई पत्नी सरिना लामाले आज बिहान छोरीलाई जन्म दिएकी हुन् । अहिले आमा छोरी दुबैको स्वास्थ अबस्था सामान्य रहेको बताइएको छ ।

छोरी जन्मिएपछि खुशी हुँदै छोरीको आगमनसँगै आफूलाई निक्कै भाग्यमानी भएको बताएका छन् । छोरीको तौल ३ केजी रहेको पनि राइले बताए । विल्सनका दुई वर्षका छोरा पनि छन् ।

विल्सनले छोरीको नाम सभ्यता बी राई राखेको समेत बताए । ‘मेरी बास्सै’ नामक हास्य सिरियलमा तक्मे बुढाको भुमिका निभाए पछि चर्चामा आएका उनले केही चलचित्रमा पनि अभिनय गरेका छन् । विल्सन पछिल्लो केही समयदेखि भने झापामा घरमा नै बसेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर