लोकसेवाको तयारी गरेकाहरुलाई खुशीको खबर, यति ठूलो संख्यामा कर्मचारीको माग — OSNepal

लोकसेवाको तयारी गरेकाहरुलाई खुशीको खबर, यति ठूलो संख्यामा कर्मचारीको माग

LC (KTM) December 27, 2021 0

काठमाडौं, १२ पुस । बागमती प्रदेश लोकसेवा आयोगले प्रदेश मन्त्रालय र स्थानीय तहमा कर्मचारीको स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।

लोकसेवाले सोमबार एक सार्वजनिक सूचना जारी गरेर सहलेखापाल, सर्भे, सिभिल, भेटेरिनरी लगायत पदमा विज्ञापन खोलेको हो । आयोगले २९७ पदका लागि विज्ञापन आह्वान गरेको हो । २ माघभित्र दरखास्त दिन सकिने सूचनामा उल्लेख छ ।

आजभन्दा भोली झनै मौसम प्रतिकूल रहने । काठमाडौं, १२ पुस । पश्चिमी नेपालबाट प्रवेश गरेको पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव देशभर फैलने क्रममा रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सोमबार केही स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राति पहाडी तथा हिमाली भूभागमा सामान्य देखि पूर्णतया बदली र तराइका भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ ।मंगलबार र बुधबार सो प्रणालीले देशभर फैलिई सामान्य देखि पूर्णतया बदली रही धेरै स्थानमा हल्का देखि मध्यम वर्षा हुने महाशाखाले आँकलन गरेको छ । उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ।
सो प्रणाली बिहीबार देखि क्रमिक रुपमा कमजोर बन्दै जाने सम्भावना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर