लोकसेवा आयोगद्धारा लिइएको उपसचिवको लिखित परीक्षाको नतिजा प्रकाशन — OSNepal

लोकसेवा आयोगद्धारा लिइएको उपसचिवको लिखित परीक्षाको नतिजा प्रकाशन

LC (KTM) November 21, 2021 0

भदौमा लिईएको उपसचिवको लिखित परीक्षाको नतिजा प्रकाशन भएको छ । लोक सेवा आयोगले आज उपसचिवको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको हो । प्रशासन, परराष्ट्र र न्याय गरी ३ वटा सेवा समुहका लागि गत भदौमा लिइएको राजपत्रांकित द्वितीय श्रेणीको लिखितको परीक्षाफल प्रकाशित भएको हो ।

जम्मा १३ जनाको लागि भएको यस लिखित परीक्षामा झण्डै एक हजार जना जति सहभागी भएका थिए । त्समध्ये बाट ४७ जना मात्र परीक्षार्थी अन्तर्वार्ताका लागि छनोट भएका हुन् । प्रशासन सेवातर्फ खुला, महिला, आदिवासी जनजाति, मधेसी र दलित गरी ४७ जना लिखित परीक्षामा पास भएका छन् । परराष्ट्र सेवातर्फ एक दलित पदका लागि भएको परीक्षामा १० जनाले परीक्षा दिएकोमा चारजना मात्र छनोट गरिएको छ ।

न्यायतर्फ सरकारी वकिलका लागि खुला र आदिवासी जनजातिमा १७ जना सहभागी भएकोमा अन्तर्वार्ताका लागि ५ जना छनोट भएका छन् । न्याय, कानुनतर्फ एकजना आदिवासी जनजातिका लागि लिइएको एकजना मात्रै अन्तर्वार्ताका लागि छनोट भएको बताइएको छ । छनौट भएका परी​क्षार्थीको अन्तर्वार्ता मंसिर २१ गतेदेखि २५ गतेसम्मका लागि तोकिएको लोक सेवा आयोगले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर