लोकाहा खोलाको पुलबाट साइकलसहित खोलामा खस्दा एक जनाको मृत्यु — OSNepal

लोकाहा खोलाको पुलबाट साइकलसहित खोलामा खस्दा एक जनाको मृत्यु

LC (KTM) November 24, 2021 0

नवलपुर, ८ मङ्सिर-पूर्वपश्चिम राजमार्गको कावासोतीस्थित लोकाहा खोलाको पुलबाट खसेर साइकलयात्रीको मृत्यु भएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका र देवचुली नगरपालिकाको सीमा क्षेत्रमा पर्ने लोकाहा पुलबाट खसेर बुलिङटार गाउँपालिकाको भारतीपुरका ३९ वर्षीय नरबहादुर कुमालको मृत्यु भएको हो ।

प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार मङ्गलबार साइकल चढेर कावासोतीतर्फ आउँदै गर्दा कुमाल साइकलसहित खोलामा खसेका थिए । उनको मध्यविन्दु जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर