लोक गायक राजु परियार गृह जिल्लामा सम्मानित — OSNepal

लोक गायक राजु परियार गृह जिल्लामा सम्मानित

LC (KTM) November 25, 2021 0

नेपाली लोक दोहोरी क्षेत्रका एक नक्षत्र नै रहेका छन् लोकप्रिय लोकगायक राजु परियार । उनको जादुमयी स्वरले सबैलाई तान्ने गरेको छ । दर्जनौ हिट लोक गीत दिईसकेका उनै गायक राजुलाई उनको गृह जिल्ला लमजुङमा सम्मान गरिएको छ।

लोकदोहोरीको क्षेत्रमा राजुले महत्त्वपूर्ण योगदान पुर्‍याएको भन्दै उनलाई सम्मान गरिएको लमजुङ गाउँशहर समाजका संयोजक एवं सांस्कृतिक संघका केन्द्रीय अध्यक्ष तीर्थबहादुर थापाले जानकारी दिए । परियारलाई लमजुङ गाउँशहर समाजले अभिनन्दन सहित सम्मान गरेको हो।

आफ्नै गृह जिल्लामा आयोजि एक कार्यक्रमका बीच राजु परियारलाई नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा जगमान गुरुङ र लमजुङ गाउँशहर समाजका संयोजक थापाले सम्मान गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर