वकिल छल्दै अदालत छिरेका प्रधानन्यायाधीश जबराले हेरे चार मुद्दा — OSNepal

वकिल छल्दै अदालत छिरेका प्रधानन्यायाधीश जबराले हेरे चार मुद्दा

LC (KTM) November 15, 2021 0

काठमाडौं – कानुन व्यवसायीको अवरोध छल्दै अदालत प्रवेश गरेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफ्नो एकल इजलासबाट चारवटा विवादमा सुनुवाइ गरेका छन् ।

नेपाल बार एसोसिएसनले जबराको राजीनामा माग्दै सर्वोच्चको मुल गेटमा धर्ना दिएपछि वैकल्पिक बाटो हुदै अदालत प्रवेश गरेका उनले सोमबार पनि १० वटा इजलास गठन गरी २९८ मुद्दाको पेसी तोकेका थिए ।

तर, असन्तुष्ट न्यायाधीशहरूले बन्दीप्रत्यक्षीकरणबाहेकका मुद्दा सुनुवाइ गरेका छैनन् । नेपाल बारले असन्तुष्ट न्यायाधीशहरूलाई जबराले तोकेको इजलासमा नबस्न आग्रह गर्दै पत्राचार गरे पनि न्यायाधीशहरूले भने जबराले तोकेको इजलासमा बन्दीप्रत्यक्षीकरणका रिटमा भने सुनवाइ गरेका छन् ।

प्रधानन्यायाधीश जबराले सोमबार आफ्नो इजलासमा पाँचवटा रिट सुनुवाइका लागि पेसी तोकेका थिए । तर, एउटा भने हेर्न नमिल्ने भएका कारण उनले सुनवाइ गरेनन् । बाँकी विवादमा भने उनले कैफियत प्रतिवेदन माग्ने र मिसिल झिकाउने आदेश जारी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर