वन मुद्धामा फरार अभियुक्त तिन वर्ष पछि पक्राउ — OSNepal

वन मुद्धामा फरार अभियुक्त तिन वर्ष पछि पक्राउ

LC (KTM) October 27, 2021 0

काठमाडौं १० कात्तिक । वन मुद्धामा फरार एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँ जिल्लाको भिमाद नगरपालिका-१ बस्ने ६५ वर्षीय गञ्ज सिङ सोती थापा मगर रहेका छन् ।

जिल्ला अदालत तनहुँको २०७५ चैत १२ गतेको फैसलाले वन मुद्दामा २ महिना ५ दिन कैद सजाय र २ लाख ३३ हजार रुपैयाँ जरिवाना ठहर गरेको थियो । कैद सजाय सुनाएपछि फरार रहेका मगरलाई मंगलबार पक्राउ गरिएको हो ।

फैसला कार्यान्वयनका लागि निजलाई जिल्ला अदालत तनहुँमा पठाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर