वर्षाले भित्र्याउन लागेको धानबालीमा क्षति — OSNepal

वर्षाले भित्र्याउन लागेको धानबालीमा क्षति

LC (KTM) October 18, 2021 0

कालिकोट, १ कात्तिक – वर्षाका कारण पाकिसकेर भित्र्याउन लागेको धानबाली क्षति भएको छ ।

अबिरल परेको बेमौसमी पानी तथा हावा हुरीले खाँडाचक्र नगरपालिका–५ दाहाँ, रास्कोट, चिल्खायालगायतका विभिन्न क्षेत्रमा काटेको र पाक्नै लागेको धानबालीमा क्षति गरेको हो ।

धान काटेर खेतमा सुकाउन फिजाएर राखेको बेला अनपेक्षित वर्षातका कारण सुरक्षित स्थानमा राख्नसमेत नभ्याउँदा क्षति पुगेको किसानले बताएका छन ।

दुईदिन अघि टन्टलापुर घाम लागेपछि पाकेको धान काटेर सुकाउन फिजाएर राखेको क्षेत्रमा पानी परेपछि धान पानीमाथि तैरीएको अवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर