वर्षाले सामाजिक संजालबाट पति सञ्जोगसँगका फोटो किन हटाइन् ? — OSNepal

वर्षाले सामाजिक संजालबाट पति सञ्जोगसँगका फोटो किन हटाइन् ?

LC (KTM) January 04, 2022 0

काठमाडौं । नेपाली चलचित्रको लभ बर्डको रुपमा चिनिएको एक उदाहरणीय जोडी हो अभिनेत्री वर्षा राउत र अभिनेता तथा व्यवसायी सञ्जोग कोइरालाको जोडी ।

भ्लग, विज्ञापन, चलचित्रसम्म एकअर्कालाई राम्रो साथ दिएर अघि बढेको यो जोडीले ६ वर्ष लामो प्रेम सम्बन्धलाई चार वर्षअघि विवाहमा परिणत गरेका हुन् । तर पछिल्ला दिनमा नायिका वर्षा राउतले आफ्नो इन्स्टाग्रामबाट भने सञ्जोगसँगका अधिकांश तस्वीर हटाएकी छिन् ।

वर्षाले सञ्जोगसँग खेलेका विज्ञापनका भिडियो र फोटो बाहेक दुई जनाका अन्य तस्वीर हटाएपनि सञ्जोगको इन्स्टाग्राममा भने वर्षासँगका सबै तस्विर छन् । वर्षाको यो कदमले उनीहरुको सम्बन्धमा चिसोपना आएको त होइन भन्ने शंका फ्यानहरुमाझ उत्पन्न भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर