वसन्तपुर– म्याङलुङ खण्डको काम जतिसक्दो चाडो सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन — OSNepal

वसन्तपुर– म्याङलुङ खण्डको काम जतिसक्दो चाडो सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन

LC (KTM) November 16, 2021 0

तेह्रथुम ३० कात्तिक-राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको वसन्तपुर– म्याङलुङ खण्डको काम जतिसक्दो चाडो सम्पन्न गर्न तेह्रथुमका प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले निर्माण कम्पनीलाई निर्देशन दिएका छन् । जिल्ला प्रशासन कार्यालयमा सरोकारवालाबीचको छलफलमा प्रमुख जिल्ला अधिकारी घिमिरेले जिल्लामा निर्माणाधीन राष्ट्रिय गौरवका आयोजनाहरू तोकिएको समय भित्रमा सम्पन्न गर्न निर्माण कम्पनीहरूलाई निर्देशन दिएका हुन् । तोकिएको समय भित्र जिल्लामा निर्माणाधीन राष्ट्रिय गौरवका आयोजनाहरू सम्पन्न नगरेमा कारबाही गरिने घिमिरेले चेतावनी दिए ।

पुष्पलाल मध्यपहाडी राजमार्ग अन्तर्गत सबै निर्माण व्यवसायीहरूले तोकिएको समय भित्र तोकिएको गुणस्तर कायम गरि महिनाको दुई पटक प्रगति प्रतिवेदन पेस गर्न प्रजिअ घिमिरेले निर्माण व्यवसायीहरूलाई निर्देशन दिएका छन् । हरेक साता सडक अनुगमन गरिने भन्दै उनले काममा हेलचेक्रयाइँ गर्ने निर्माण कम्पनीलाई कारबाही गर्ने बताएका हुन् । राजमार्ग निर्माणका क्रममा खानेपानीको पाइप, बिजुलीको पोल, तार व्यवस्थापन गर्न पनि सम्बन्धित् सरोकारवालाले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

मध्यपहाडी राजमार्ग म्याङलुङ वसन्तपुर सडक अन्तर्गत श्रीदले खानेपानी उपभोक्ता समिति, म्याङलुङ खानेपानी उपभोक्ता समिति र तम्फुला खानेपानी उपभोक्ता समितिले उक्त सडकखण्डमा पर्ने आआफना समितिका खानेपानि पाइपहरू व्यवस्थापन गर्नुपर्ने समेत निर्णय भएको छ । छलफलमा सहभागी पुष्पलाल मध्यपहाडी लोकमार्गका इन्जिनियर मनिषमान शाक्यले म्याङलुङ–वसन्तपुर सडकखण्ड आगामी चैत्र मसान्तसम्ममा कालोपत्रे भइसक्ने बताए ।

सडकका अवरोधहरू हटे कामको गति बढ्ने कम्पनीका कन्ट्रयाक मेनेजर दिनेश श्रेष्ठले बताए । वसन्तपुर–म्याङलुङ खण्ड अन्र्तगत जिल्ला सदरमुकाम म्याङलुङ जोड्ने सडक दुई लेनको स्तरमा कालोपत्रे गर्नका लागि अर्थमन्त्रालयबाट दुई अर्ब सात करोड रकम विनियोजन भएको छ । वसन्तपुर म्याङलुङ सडकखण्डको तीन खण्डमा विस्तारको काम भइरहेको छ । उक्त खण्ड अन्र्तगत पहिलो खण्डले कालोपत्रेका काम सुरु गरिसकेको छ भने दोस्रो र तेस्रो खण्डले अहिलेसम्म सडकको ट्रयाक खोल्ने कामसमेत गरेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर