वाई–वाई यु–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश नं १ बिजयी — OSNepal

वाई–वाई यु–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश नं १ बिजयी

LC (KTM) November 23, 2021 0

वाई–वाई यु–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको आजको खेलमा प्रदेश नं १ ले विजयी भएको छ । टियु क्रिकेट मैदानमा भएको खेलमा बागमती प्रदेशलाई २६ रनले पराजित गर्दै प्रदेश १ ले विजयी सुरुआत गरेको हो । प्रदेश १ ले बाग्मती समक्ष १ सय ७६ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

जवाफी ब्याटिंगमा उत्रिएको बागमतीले ३१ दशमलब ४ ओभरमा अलआउट हुदै १ सय ४९ रन मात्र जोडेपछि प्रदेश नम्बर १ बिजयी भएको हो । बागमतीका लागि विपिन शाहीले सर्वाधिक ४३ तथा विवेक मगरले ४२ रनको योगदान दिए पनि हार टार्न सकेनन् । प्रदेश नं १ लाई जित दिलाउन लभ कामत एक्लैले सर्वाधिक ५ विकेट चड्काएका थिए ।

दिपेश कँडेलले ३ तथा विकेट हात दिपक जोशीले १ विकेट लिएका थिए । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश नं १ ले ४५ दशमलब ३ ओभरमा १ सय ७५ रनको स्कोर खडा गरेको थियो प्रदेश १ का लागि दिपक जोशी र लभ कामतले समान ३३–३३ रन जोडेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर