विक्की-कट्रिनाले अत्यन्तै महंगो रकममा बेचे आफ्नो बिहेको भिडियो, मूल्य सुनेर पर्नुहुनेछ चकित — OSNepal

विक्की-कट्रिनाले अत्यन्तै महंगो रकममा बेचे आफ्नो बिहेको भिडियो, मूल्य सुनेर पर्नुहुनेछ चकित

LC (KTM) December 09, 2021 0

एजेन्सी -बलिउडको सबैभन्दा लोकप्रिय जोडी विक्की कौशल र कट्रिना कैफको विवाह अब १ दिन मात्रै बाँकी छ ।आज विक्की कट्रिना सधैंका लागि बैबाहिक बन्धनमा बाँधिदै छन् । तर अचम्मको कुरा के भने कट्रिना र विक्कीले सात फेरा लिनु अघि नै विकिपिडियामा उनीहरुलाई श्रीमान् श्रीमती देखाई सकेको छ । विकिपिडियामा गुगलमा कट्रिना कैफ र विक्की कौशललाई श्रीमान् श्रीमतीको रूपमा प्रस्तुत गरिएको छ।

दुबै विकिपिडिया प्रोफाइलमा विवाहित जोडी बनेका छन् । अहिलेसम्म विक्की–कट्रिनाले आफ्नो विवाहको औपचारिक घोषणा समेत गरेका छैनन् । यस्तो अवस्थामा उनीहरु दुबैको विकिपेजमा यस्तो देखाउँदा फ्यानहरु अचम्ममा परेका छन् । गुगलमा विक्की कौशल वा कट्रिना कैफको नाम सर्च गर्दा पार्टनरको अगाडि उनीहरुको बेटर हाफको नाम लेखिएको छ ।

विक्की कौशलको प्रोफाइलमा कट्रिना कैफको नाम छ । उता, कट्रिना कैफको विकी पेजमा विक्की कौशलको नाम लेखिएको छ ।तर कुरा यो हो कि विकिपिडिया पृष्ठमा भित्रको जानकारी भने एकदमै सही रहेो छ । अहिलेसम्म यो जोडीको विवाह समारोहको एउटा पनि तस्विर बाहिर आउन नदिन बिशेष ब्यवस्था मिलाइएको छ । विवाहमा आउने सबै पाहुनालाई फोन प्रयोग गर्न निषेध गरिएको छ । यस्तैमा कट्रिना र विक्कीले आफ्नो विवाहको भिडियो महंगो रकममा अमेजन प्राइमलाई बेचेको बताइएको छ । समाचार अनुसार कट्रिना–विक्कीको विवाहको भिडियोका लागि अमेजनले ८० करोड भारतीय रुपैयाँ तिरेको छ । केही दिनअघि विक्की र कट्रिनाको विवाहको दृश्य सार्वजनिक गर्न एक ओटीटी प्लेटफर्मले एक सय करोडको अफर गरेको खबर बाहिर आएको छ । कट्रिना(विक्कीको विवाह कार्यक्रम राजस्थानको सवाई माधोपुर जिल्लास्थित सात सय वर्ष पुरानो किल्लामा सञ्चालित भव्य होटलमा हुँदैछ । विवाहमा केही बलिउडकर्मीसहित १२० जनालाई निमन्त्रणा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर