विक्की र रश्मिकाको अण्डरवेयर विज्ञापनले हंगामा — OSNepal

विक्की र रश्मिकाको अण्डरवेयर विज्ञापनले हंगामा

LC (KTM) November 25, 2021 0

बलिउड उद्योगमा को कहाँ कति बेला ट्रोलको शिकार बन्छ थाहा नै हुदैन । बलिउडका कतिपय स्टारले बिज्ञापनमा फीचर गरेकै कारण ट्रोलको सामना गर्नु परेका थुप्रै घटनाहरु रहेका छन् । पछिल्लो केही हप्तामा कैयौ बलिउडका सेलिब्रेटीहरु ट्रोलरको निशानामा परेका छन् । ऋतिक रोशन तथा कैट्रीना कैफ लाई जोमैटोको एडका लागि सामाजिक सञ्जाल प्रयोगकर्ताले निक्कै गालि गरेका थिए ।

त्यस्तै आलिया भट्ट लाई ब्राइडल बियरको एड गर्दा ट्रोलरहरुले नमज्जाले उडाएका थिए । अब आएर बिक्की कौशल तथा रश्मिका मन्दाना हालै भएको एक अण्डरवेयरको बिज्ञापन लाई लिएर चर्चामा रहेका छन् । दुबै जनालाई युजरहरुले निशाना बनाएका छन् । युजरहरुलाई उनीहरुको बिज्ञापन ान नपरेको बताएका छन् । एडमा रश्मिका मन्दाना एक योग प्रशिक्षकको भुमिकामा देखीएकी छिन् ।

एडको पहिलो पार्टमा रश्मिका काउण्ड भुल्छिन् बिक्की कौशलको अण्डरवेयर स्ट्रैप देखेर । एडको दोस्रो पार्टमा माथि बाट रश्मिका बिक्कीलाई केही उठाउनका लागि भन्छिन् जसका कारण उनको टि शर्ट माथि जाओस र एक्ट्रेसको नजर अण्डरवेयरको स्ट्रैपमा जान सकोस् । उनीहरु दुबै जनालाई युजरहरुको गालीको बर्षा सुरु भएको छ । एक युजर लेख्छन्– यो एड एकदमै खराब रहेको छ । यस प्रकारको सस्तो एड तपाईका लागि शोभा दिदैन । एकजनाले लेखेका छन्– पैसाको लागि जे पनि गरिदिने ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर