विद्युतीय मेसिन प्रयोग गरि सुरु भएको एमालेको मतदान सकियो — OSNepal

विद्युतीय मेसिन प्रयोग गरि सुरु भएको एमालेको मतदान सकियो

LC (KTM) November 30, 2021 0

काठमाडौं १४ मंसिर । नेकपा एमालेको १० औं राष्ट्रिय महाशिवेसनमा नेतृत्व चयनको लागि भएको निवार्चनको मत हाल्ने काम सकिएको छ ।

विद्युतीय मेसिन प्रयोग गरिएकाले मत परिणाम छिटो आउने बताइएको छ ।
आज बिहान ४ बजेबाट सुरु भएको मतदान प्रक्रिया अहिले केहि बेर अगाडी मात्र सकिएको हो ।

पहिलो मतदान वर्तमान अध्यक्ष केपी शर्मा ओलीले सुर गरेका थिए । अध्यक्षमा भीम रावल र केपी ओलीको उम्मेदवार रहेका छ ।

एमालेमा अध्यक्ष, उपाध्यक्ष, सचिव र केन्द्रीय सदस्यका केही क्लस्टरमा आज मतदान भएको हो । एमालेको नयाँ नेतृत्वमा केपी शर्मा ओली र भीम रावल प्रतिस्पर्धामा छन् ।

६ वटा पद भएको उपाध्यक्षमा सुवासचन्द्र नेम्वाङ, रामबहादुर थाप, घनश्याम भुसाल, अष्टलक्ष्मी शाक्य, विष्णु पौडेल, सुरेन्द्र पाण्डे र युवराज ज्ञवाली भिड्दैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर