विबाहपछि यस्तो भव्य अपार्टमेन्टमा सरे कट्रिना र विक्की — OSNepal

विबाहपछि यस्तो भव्य अपार्टमेन्टमा सरे कट्रिना र विक्की

LC (KTM) December 31, 2021 0

एजेन्सी । अभिनेता विक्की कौशल र नायिका कट्रिना कैफको जोडी यतिबेला आर्शिवाद लिन र आफन्तको घरमा भेटघाटमा व्यस्त छन् ।

विवाहपछि यो जोडी जुहुमा आफ्नो नयाँ घरमा बिन्दाससँग बसिरहेको दृश्य पनि उनीहरुले सार्वजनिक गरेका छन् । जुहुको किनारमा अवस्थित यो राजमहल भवन भित्र दरबारभन्दा कम छैन ।

भारतीय मिडियाका अनुसार कट्रिना र विक्कीले जुहुको राजमहल भवनमा एउटा लक्जरी अपार्टमेन्ट भाडामा लिएका छन् । उनीहरुको भव्य र आलीसान घर रहेको समुद्र तटमा पुग्न निजी बाटो पनि छ। यस भवनको छतमा पौंडी पोखरी रहेको छ, जहाँबाट समुन्द्रको छालको मजा लिन सकिन्छ ।

यो बिल्डिंगमा विराट कोहली र अनुष्का शर्माको पनि आफ्नै फ्ल्याट छ । हाल नयाँ घरमा सरेको यो जोडीले मासिक ८ लाख भाडा तिर्ने बताइएको छ । विक्कीले यो घर ५ वर्षका लागि लिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर