विमलेन्द्र निधिले सार्वजनिक गरे २३ बुँदे घोषणापत्र — OSNepal

विमलेन्द्र निधिले सार्वजनिक गरे २३ बुँदे घोषणापत्र

LC (KTM) November 22, 2021 0

काठमाडौं, ६ मंसिर -नेपाली कांग्रेसको १४औं महाधिवेशनका लागि सभापतिका आकांक्षी विमलेन्द्र निधिले २३ बुँदे घोषणापत्र सार्वजनिक गरेका छन् । निधिले सोमबार बेलुकी २३२ बुँदे संक्षिप्त घोषणापत्र सार्वजनिक गरेका हुन् ।

घोषणा निधिले पत्रमा आगामी तीनै तहको निर्वाचनमा कांग्रेसलाई बहुमतका साथ विजयी गराउन, कांग्रेसमा रुपान्तरण, पुस्ता हस्तान्तरण र पुस्तान्तरणमा सहजीकरण गर्न आफूले उम्मेदवारी दिन लागेको जनाएका छन् ।

जनतामा संघीय लोकतान्त्रिक गणतन्त्र र त्यस प्रणालीको परिणाम तथा सुशासनको अनुभूति दिलाउन र देशको भौगोलिक विविधता अनुरुप हिमाल, पहाड, तराई–मधेस, पश्चिमदेखि पूर्वका सबै जनताको भावनात्मक रुपमा जोड्न पनि उम्मेदवार बन्न लागेको निधिले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर