विमानस्थलबाट ११ किलो सुनका बाला बरामद गर्यो प्रहरीले,मध्यराति खाडी मुलुकबाट ल्याएका थिए बोकेर — OSNepal

विमानस्थलबाट ११ किलो सुनका बाला बरामद गर्यो प्रहरीले,मध्यराति खाडी मुलुकबाट ल्याएका थिए बोकेर

LC (KTM) December 02, 2021 0

काठमाडौं-त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ११ किलो सुनका बाला बरामद गरिएको छ । विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक महेश भट्टराईले मंगलबार मध्यराति सम्ममा ११ किलो सुनका बाला बरामद गरिएको बताए । विदेशबाट फर्किनेहरुले ल्याएको बाला आकारको सुन विमानस्थलमा नियन्त्रणमा लिएर राजस्व तिराउन थालिएको छ ।

मंगलबार मध्यराति सम्ममा २ सय २१ जना खाडी मुलुकबाट सुन बोकेर आएका थिए । उनीहरुमध्ये १ सय ४७ जनाले भन्सार शुल्क तिरेर ६ किलो ९८२ ग्राम सुन लगेका छन् । यसअघि विदेशबाट फर्किनेहरुले ५० ग्रामसम्म सुनलाई बंग्याएर बालाको आकार बनाएर ल्याउँदा भन्सार छुट पाउने गरेका थिए ।

तर, सो सुविधाको दुरुपयोग गरेको भेटिएपछि भन्सार तिर्नुपर्ने व्यवस्था लागू गरिएको हो । मंसिर १३ मा भन्सार कार्यालयले एकैदिन २१ किलो सुन बरामद गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर