विवाह गर्दागर्दै रोकेर परीक्षा दिन पुगे दुलाहा — OSNepal

विवाह गर्दागर्दै रोकेर परीक्षा दिन पुगे दुलाहा

LC (KTM) November 29, 2021 0

पछिल्लो एक सातादेखि साउदीका एक युवक एउटा अनौठो कार्यका लागि सञ्चारमाध्यममा छाएका छन् । विवाह गर्दागर्दै कार्यक्रम रोकेर जाँच दिन परीक्षा हलमा पुगेपछि उनको चर्चा हुन थालेको हो । प्रसंग साउदीका विद्यार्थी अल लइलीको हो ।

लइलीको यसै साता विवाह भएको थियो । विवाहको तय भने एक महिनाअघि भएको थियो । माध्यामिक विद्यालयका विद्यार्थीसमेत रहेका लइलीको संयोगवश विवाहकै दिन परीक्षा पर्‍यो । दुवै काम एकै दिन परेपछि एकछिन उनी समस्यामा परे । अन्तत उनी निर्णयमा पुगे विवाह पनि गर्ने र परीक्षा पनि दिने । विवाह गर्दागर्दै वेहुलाकै भेषमा परीक्षा हलमा पुगे, उनी ।

‘विवाह गर्दागर्दै रोकेर म वेहुलाको भेषमा नै परीक्षा हल आएको छ । आशा छ म दुबै कार्यमा सफल हुनेछु,’ उनले भने । परीक्षा सक्ने वित्तिक्कै उनी सोझै विवाह समारोहमा पुगेका थिए । विवाह र जाँचमा सहभागी भएको उनको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर