विश्वकै दुर्लभ पेन्गुइन जो आन्ध्र महासागरबाट तीन हजार किलोमिटर हिँडेर न्युजिल्यान्ड पुग्यो — OSNepal

विश्वकै दुर्लभ पेन्गुइन जो आन्ध्र महासागरबाट तीन हजार किलोमिटर हिँडेर न्युजिल्यान्ड पुग्यो

LC (KTM) November 14, 2021 0

वेलिङटन, २८ कात्तिक-न्युजिल्यान्डमा एउटा पेन्गुइन आफ्नो वास्तविक वासस्थानबाट तीन हजार किलोमिटर टाढा हिँडेको छ । स्थानीयले माया गरेर पिंगु नाम दिएको एडेली पेन्गुइन न्युजिल्यान्डको समुद्री तटमा फेला परेको हो । सो पेन्गुइन आन्ध्र महासागरबाट न्युजिल्यान्ड पुगेको विश्वास गरिएको छ । यसलाई वैज्ञानिकहरूले विश्वकै दुर्लभ र रोचक घटना बताएका छन् ।

स्थानीय ह्यारी सिंहले त्यसलाई पहिलो पटक देखेका थिए । नदीको तटमा पहिलो पटक देख्दा उनले त्यसलाई एउटा ‘नरम खेलौना’ जस्तो मानेका थिए ।दक्षिणी सहर क्रिस्टचर्चको दबिर्डलिङ फ्ल्याटको एउटा किनारामा टहलिने क्रममा सिंह र उनकी पत्नीले पिंगुलाई फेला पारेका थिए ।

‘सुरूमा देख्दा मैले त्यसलाई एउटा नरम खेलौना जस्तो माने । अकस्मात त्यसले टाउको हल्लायो । त्यसपछि त्यो साँच्चीकै जीवित प्राणी जस्तो लाग्यो । ’ उनले भने ।

सिंहले फेसबुक पेजमा पोस्ट गरेको एउटा भिडियोमा पेन्गुइन नितान्तै एक्लो र हराएकोजस्तो देखिन्छ । ‘उ एक घन्टासम्म चलेन । उ निकै थकित देखिन्थ्यो ।’ सिंहले लेखेका छन् ।

पेन्गुइन लामो समयसम्म पनि समुद्रतर्फ नगएपछि उनले उद्दारकतालाई फोन गर्ने निधो गरे । समुद्रका प्राणीले त्यसलाई शिकार गर्छन की भनेर उद्दारकर्ता नआउन्जेल उनी पेन्गुइनको पहरेदार बनेर बसे ।‘निर्दोष चरा बिरालो, कुकुर वा अन्य कुनै प्राणीको शिकार बन्छ की भन्ने डरले त्यसलाई कुरेरै बसिरहे,’ उनले भने ।

केही समयपछि एक उद्दारकर्ता आए । उनी थिए थोमस स्ट्राके । थोमसले विगत १० वर्षदेखि न्युजिल्यान्डको दक्षिणी टापुमा पेन्गुइनलाई पुनसर््थापना गर्दै आएका थिए ।

सो पेन्गुइन एडेली प्रजातिको भएको थाहा पाएपछि थोमस एक क्षण अवाक भए । किनकी एडेली प्रजातिको पेन्गुइन अन्र्टाटिका महादेशमा मात्र पाइन्छ । पेन्गुइन लामो यात्रा गरेर न्युजिल्यान्ड आएको उनले निस्कर्ष निकाले । थोमस र उनको समूहले सोही साँझ पेन्गुइनको उद्दार गरे ।

थोमसले सो दुर्लभ चराको रगत परीक्षण गराए । परीक्षणका क्रममा पेन्गुइन कम तौल भएको र उसमा ‘डिहाइड्रेसन’ देखिएको उनले थाहा पाए । उनले तत्कालै एउटा ट्युवबाट झोलिलो पर्दाथ खुवाए । पेन्गुइनलाई अहिले पनि त्यस्तै झोलिलो खानेकुरा दिइएको छ ।

त्यस दुर्लभ चरालाई बैंकस प्रायद्धीपमा चाँडै नै छोडिने भएको छ । त्यहाँ कुकुर र बिरालो हुँदैन् ।समुद्री तटमा एडेली प्रजातिको पेन्गुइन फेला परेको न्युजिल्यान्डको इतिहासमै यो तेस्रो घटना हो । यसअघि न्युजिल्यान्डका दुई ओटा अलग अलग तटमा सन् १९६२ र सन् १९६३ मा यस्तै दुर्लभ पेन्गुइन फेला परेका थिए ।

एडेली पेन्गुइन भेटिनु निकै दुलर्भ घटना भएको र भविष्यमा पनि यस्ता पक्षी देखिएमा यसले खतरा संकेत गर्ने विज्ञहरु बताउँछन् ।

‘वार्षिक रुपमा एडेली पेन्गुइन यसैगरी देखिएपछि समुद्रमा केही गडबढी भएको रैछ भनेर बुझ्नु पर्छ,’ ओटागो विश्वविद्यालयका प्राध्यापक फिलिप सेडन भन्छन् ।

पेन्गुइन समुद्रबाट किन बाहिर आउछन् ? तिनिहरू कहाँ जान्छन् ? के गर्छन् ? र उनीहरूको जनसंख्या कति छ ? जस्ता प्रश्नहरूको अध्ययन आवश्यक भएको उनको भनाई छ । पेन्गुइनले सामुद्र्रिक पर्यावरणबारे पनि धेरै कुरा बताउने उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर